श्रीमान लगाएर जनता कुट्ने उपमेयर यसो भन्छिन् (अडियो सहित)

काठमाडौं, चैत ११ । सुनसरीको दुहबी भलुवा नगरपालिकाकी उपमेयर सुनिता (दाहाल) शाहले आफुले कसैमाथि पनि हातपात नगरेको दाबी गरेकी छन् ।

शाहले शुक्रबार कार्यालय परिसरमै सेवाग्राहीमाथि हातपात गरेकी थिईन् । उनले भिडभाडकै बिचमा एक ब्यक्तिमाथि तथानाम गाली गर्दै हातपात गरेको भिडियो यतिबेला भाइरल भएको छ ।

भ्रष्टाचारको सिमा नाघेको भन्दै दुहवी–भलुवाका स्थानीय सहितका जनप्रतिनिधिहरुले दुहवी नगरपालिका घेराउ गरेका थिए । सोही क्रममा उपमेयर शाह हातपातमा उत्रिएकी हुन् । तर, उपमेयर शाहले भने आफुले कसैलाई नकुटेको दाबी गर्दै रकम मागेको आरोप समेत झुठो भएको दाबी गरिन् ।

दुहबी नगरपालिकाले वडा न। ५ स्थित श्री सरस्वती उच्च मा।वि।को खेल मैदानमा माटो भर्न छुट्याएको रकम लेनदेनमा उपभोक्ता समिति र उप–मेयर विच विवाद उत्पन्न भएको थियो । स्थानीयवासीहरुले प्रकृयागत झण्झट देखाएर दुहवी नगरपालिकाका लेखा अधिकृत कैलास कुमार चौहानले ५० हजार सम्म घुस मागेको स्थानीयले बताए । सोही विषयलाई लिएर स्थानीय नगरपालिका घेराउ गर्न पुगेका थिए ।

त्यस क्रममा उपमेयर शाहले वडा सदस्यमाथि झम्टिएकी थिईन् ।
यस्तो छ उपमेयर शाको भनाई

 

https://youtu.be/YdEyxhQor3U”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *