मन्त्री बनेका माओवादी नेता जिम्मेवारीबाट हटाईए

काठमाडौं, चैत १० । माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्री बनेका र संसदमा महत्वपुर्ण जिम्मेवारी पाएका नेतालाई माओवादीले पार्टी जिम्मेवारीबाट हटाएको छ ।

शनिबार बिहान बसेको बैठकले संगठनात्मक जिम्मेवारीमा हेरफेर गरेको हो । नयाँ जिम्मेवारी अनुसार प्रदेश–१ मा राम कार्की, प्रदेश -२ मा विश्वनाथ साह, प्रदेश-४ मा हितराज पाण्डे, प्रदेश-५ मा मणि थापा, र प्रदेश -६ मा जनार्दन शर्मालाई ईन्चार्ज बनाइएको छ ।

प्रदेश-३ मा हितमान शाक्य र प्रदेश -७ मा लेखराज भट्टलाई भने यथावत राखिएको छ ।

प्रदेश-१ का गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश-२ का मातृका यादव, प्रदेश-५ का वर्षामान पुन र प्रदेश-६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश-४ का देव गुरुङ प्रमूख सचेतक बनेका कारण जिम्मेवारी हेरफेर गरिएको बताईएको छ ।

एमालेसँग पार्टी एकताको गृहकार्य भेरहेका बेला माओवादीले पार्टी नेताहरुको जिम्मेवारी हेरफेर गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *