सुरक्षा माग्दै व्यापारीले गरे लहान बन्द, जनजीवन प्रभावित

लहान, चैत १० । लगातार व्यापारी लक्षित बम विस्फोट हुन थालेपछि सुरक्षाको माग गर्दै व्यापारिक संघसंस्थाको आयोजनामा आज लहान बन्द भएको छ । बन्दले लहानको जनजीवन प्रभावित बनेको छ ।

शुक्रबार लहान–७ स्थित विकास ट्रेडर्समा गराइएको बम विस्फोटमा परी ८ जना घाइते भएका थिए । घटनाका दोषीमाथि कारवाही गर्न माग गर्दै उद्योग वाणिज्य संघ, लहानले बन्द आह्वान गरेको हो ।

बन्दका कारण बिहानैदेखि सवारी साधन नचल्दा यहाँको जनजीवन प्रभावित भएको छ । अत्यावश्यकीय दमकल, खानेपानीका ट्यांकरलगायत सवारी साधन चले पनि सार्वजनिक तथा निजी सवारी न्यून चलेका छैन ।

लहानमा पछिल्ला दिनमा व्यापारी लक्षित विस्फोटका घटना बढेका छन् । गत मंसिर २८ यता मात्रै व्यापारी निशाना गरेर ३ वटा विस्फोटका घटना भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *