अाजदेखि कैलाश हेलिकप्टरको उडान

काठमाडौं, चैत १० । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आज वायुयान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेको छ ।

एओसी पाएसँगै कम्पनीले चैत १० गते शनिबारदेखि व्यावसायिकरुपमा सेवा प्रदान गर्ने आज विज्ञप्तिमार्फत जनाएको हो ।

कम्पनीले करिब एक महिनाअघि एयरबस कम्पनीको फ्रान्समा निर्मित हेलिकप्टर ल्याएको थियो । कल साइन नाइनएन–एएमएल भएको यो हेलिकप्टर २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्छ । साथै निकट भविष्यमा नेपाली आकाशमा आन्तरिक उडानतर्फ अर्को एक जहाज थप गर्ने कम्पनीले जनाएको छ । स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिने बताइएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेज प्रालिको प्रवद्र्धनमा दुई दशकभन्दा लामो अनुभव रहेका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसहित बैंकर, उद्योगी लगायतको लगानी रहेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *