यमन विरुद्ध खेल्न जाने टोलीको विदाई

काठमाडौं, चैत ९ । एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत यमनविरुद्धको दोस्रो लेग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आज सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा गरेको कार्यक्रममा अध्यक्ष नरेन्द्र श्रेष्ठले खेलाडीलाई विदाई तथा शुभकामना दिए ।

सोलिडारिटी कप विजेताको हैसियतमा तेस्रो चरणको छनोटमा प्रवेश पाएको नेपालले यस अघिका पाँच खेलमा जित हात पार्न नसकेपछि छनोट हुने सम्भावना भने सकिएको छ ।

यमनका लागि भने यो खेल महत्वपूर्ण छ । समूहको पाँच खेलबाट यमनको ७ अंक छ । हलचोक स्थित मैदानमा भएको पहिलो लेगमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्दै १ अंक जोडेको छ ।

नेपाल र यमनवीचको खेल कतारको दोहामा मंगलबार हुनेछ । २० सदस्यिय नेपाली टिममा गोलरक्षकहरु किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन् भने डिफेन्डरहरुमा विराज महर्जन, रजिन धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी र देवेन्द्र तामाङ छन् ।

यस्तै मिडफिल्डरहरु रोहीत चन्द, विशाल राई, सुजल श्रेष्ठ, अञ्जन विष्ट, सुनिल वल, हेमन गुरुङ र हेमन्त थापामगर छन् । यस्तै स्ट्राइकरमा विमल घर्तिमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र सुमन लामा छन् । नेपाली टिम आइतबार कतार प्रस्तान गर्नेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *