वाम एकता बैशाख १० गते घोषणा हुने, एकजुटको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन राेजे

काठमाडौं, चैत ९ । एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर बैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् । स्थापनापछि पटक पटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् ।

२००६ बैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।  २०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीका दुईटा मूलधारका रुपमा एमाले र माओवादी छन् ।

अब दुवै मिल्न लागेकाले कम्युनिस्ट आन्दोलन नै एकीकृत हुने उनीहरुको तर्क छ । उक्त दिनसम्ममा एकता खाकालाई अन्तिम रुप दिन दुवै दलका कार्यदलले काम गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *