इयुको टिप्पणी प्रति प्रेस काउन्सिलको आपत्ति !

काठमाडौं, चैत ८ । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पर्यवेक्षणको नाममा युरोपियन युनियनद्वारा जारी प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । प्रेस काउन्सिलको गठन विधि, कार्यक्षेत्र, भूमिका र प्रभावक्षेत्रको वस्तुगत विश्लेषण र तथ्यपरक जानकारी नै नराखी एकदमै सतही रुपमा गरिएको टिप्पणीप्रति काउन्सिलले दुःख व्यक्त गरेको छ ।

‘बहुदलीय र खुल्ला समाजमा व्यक्तिका आ–आफ्ना वैचारिक आस्थाहुन सक्दछन् र यसलाई व्यक्त गर्ने दुर्लभ अवसर सवैसँग सुरक्षित रहने गर्दछ । यो व्यक्तिको नैसर्गिक अधिकार हो । जुन कर्तव्य निर्वाहको दौरान कहीँ कतै पनि प्रकट हुने गर्दैन । यसलाई अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय अनुबन्धले निर्विवाद रुपमा प्रत्याभूत पनि गरेको छ ।

तर युरोपियन युनियनको उपरोक्त प्रतिवेदनमा व्यक्तिको न्यायिक र नैसर्गिक सिद्धान्तलाई सामान्य रुपमा समेत ख्याल गरिएको पाइएन ।’ काउन्सिलले भनेको छ ‘प्रेस काउन्सिलकै सन्दर्भमा कतिपय गलत, भ्रामक र आधारहीन किटानी गरिएको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सवै वर्ग, तह तप्काका जनसमुदायको भर्खर सम्पन्न आमनिर्वाचनमा उत्साहजनक सहभागिता रहेको परिप्रेक्ष्यमा युरोपियन युनियनको प्रतिवेदनले आफैंमा बिश्वसनीयताको संकट पैदा गरेको छ ।

संघीय संरचनाको पहिलो प्रयोग गर्दै रहेको नेपाल राष्ट्र र यसका अविभाज्य नियामक निकायहरुमाथि गरिएको यसखाले टिप्पणीप्रति प्रेस काउन्सिल नेपाल पुनः आपत्ति प्रकट गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *