सेवा ग्राहीसँग घुस लिने घरेलु उद्योग कार्यालयकी इन्दिरा गौतम पक्राउ

काठमाडौँ, चैत ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उधोग कार्यालय त्रिपुरेश्वरकी शाखा अधिकृत इन्दिरा गौतम (खनाल) लाई पक्राउ गरेको छ । उनलाई उधोग दर्ता गर्न घुस लिएको ९ हजार रुपैयाँ सहित अख्तियारले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।

काठमाडौं हिडेन ट्रेजर नामको सिलाई बुनाई गार्मेन्ट उद्योग दर्ताका लागि आएका सेवाग्राहीलाई गार्मेन्टको नाम अंग्रेजीमा भएको हुँदा नेपालीमा चाहिन्छ भनी घुस मागेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *