फिलिपिन्समा बस दुर्घटनामा १९ को मृत्यु, २५ घाइते
मकालु खबर
२०७४ जेठ १५ गते
“
मनिला, फिलिपिन्स, चैत ७ । पिलिपिन्सको साब्लायन भन्ने ठाउँमा भएको बस दुर्घटनामा परी १९ जना यात्रुको मृत्यु भएको छ ।
मंगलबार राति राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको थियो । अन्य २५ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् ।
उनीहरुले स्थानीय समयअनुसार राती ९.३० बजे दुर्घटना भएको बताएका छन् ।
गुडिरहेको बसका चालकले नियन्त्रण गुमाएपछि बस दुर्घटनामा परेको प्रकोप जोखिम व्यवस्थापन नगर कार्यालय साब्लायनका प्रमुख अक्रिस पनिल्लोले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकैको स्थानीय अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित