प्रहरी जवानसँगै बसेर खाना खाने गृहमन्त्रीलाई यस्तो चेतावनी !

काठमाडौं, चैत ७ । गृहमन्त्री रामबहादुर थापा बादलले बुधबार काठमाडौंको अनामनगरस्थित प्रहरी कार्यालयमा छड्के जाँच गरेको र जवानहरुसँगै बसेर खाना खाएको समाचार सार्वजनिक भयो । प्रहरीको राशनमा ठुलो विभेद रहेको र अफिसरहरुले जवानहरुमाथि शोषण गरिरहेको भन्दै प्रहरी वृतमा निरन्तर असन्तुष्टि छ ।
तल्लो दर्जाका प्रहरीको कुरा सुन्ने र विभेदको अन्त गर्न कुनै सरकारले ठोस पहल गरेको देखिंदैन । तर, बर्तमान गृहमन्त्री थापाले प्रहरी कार्यालयको आकष्मिक निरिक्षण गर्नु र जवानसँगै बसेर खाना खानुले अब प्रहरीमा सुधार हुन्छ कि भन्ने आशा पलाएको छ ।

त्यो सँगै प्रहरीको राशनमा हुने विभेद कम गर्न सरकारले केही कदम चाल्नेछ भन्ने विश्वास प्रहरी जगत र आम सर्वसाधारणलाई समेत जागेका छ ।

गृहमन्त्रीले प्रहरी जवानसँग बसेर खाना खाएको समाचार सार्वजनिक भएपछि विभिन्न प्रतिकृयाहरु आएका छन् । त्यसै सन्दर्भमा अनरुप पाण्डे फेसबुक पेजमा लेख्छन्–

माननीय गृहमन्त्री राम बहादुर थापा बादलज्यू आज नेपाल प्रहरीको पनि जवानको मेसमा छापामार शैलिमा प्रवेश गरी खाना मागेर खानु भयो भन्ने समाचार सुन्दा खुशी नहुने कुन चाहिं मुर्ख होला । यदि कसैले भन्छ भने उस्को बारेमा मलाई लाग्छ समय खर्चिनु मुर्खता हुन सक्छ । यथार्थ सँगसँगै के पनि याद राख्नु होला मेरो व्यक्तिगत आग्रह : नेपाल प्रहरीमा कुल जनशक्तिको ८०% जवान भएको संगठनमा जवानको भूमिका पनि ९९% छ । त्यति मात्र हैन उस्ले गरेको गल्तिले तपाईंले मात्र हैन राष्ट्रले जवाफ दिनु पर्छ भने मेसमा खाना खाएर मात्र लाग्छ कुन चाहिं मुर्ख सिपाहीको चित्त बुझ्ला । त्यसैले यदी जवान र अधिकृत बिचको बिभेद अन्त्य गर्न खोज्नु भएको हो नै भने राशन एउटै मेस फरक किन ? उद्धेश्य एउटै नोकर साह पन किन ? कि देख्नु भएन अर्को मेस ? कि देख्नु भएन नोकरपन ? कि देखाई दिएनन् कसैले ? त्यसैले गृह मन्त्रीज्यू ८० % जवानको पिडा सम्बोधन हुनु भनेको तपाईको तार्गेट पुरा हुनु हो । तपाईं सफल गृहमन्त्री नै हुन हो । हुन त तपाईको सामु चुनौतिका पहाड छन् । ति पहाड छिचल्नु भनेको चानचुने त छैन त्यसै मध्येको चुनौतीको सामना गर्ने सारथी ति ८०% जवान नै हुन् । तिनिहरुको सहयोग र साथ बिना न तपाई सफल हुनुहुन्छ न राष्ट्र नै । त्यसैले यि र यस्ता खाले समस्याको समाधान गर्न ढिला नगर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *