सडकमाथिको ढिस्कोले पुरिएर तीन वर्षीय बालिकाको मृत्यु

डोटी, चैत ७ । सिलगढी नगरपालिका–२ दिपायलमा नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर तीन वर्षीय एक बालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

घटनामा परि मृत्यु हुनेमा शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी छोरी निशा बलायर रहेकी छिन् ।

घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पुर्याउने क्रममा उनको मृत्यू भएको हो । उनी दिपायलमा फुपूको घर आएकी थिइन् ।

घटनामा परी दिपायल सिलगढी नगरपालिका–२ दिपायलका ५६ वर्षीय चेत साहु घाइते भएका छन् । उनको शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *