सिंहदरबारमा मन्त्रीलाई शुभकामना दिन भिडभाड, काम प्रभावित

काठमाडौं, चैत ७ । नवनियुक्त मन्त्रीहरुले मन्त्रालय सम्हाले लगत्तै मन्त्रालयमा शुभकामना दिन जम्मा भएका कार्यकर्ता र मतदाताको भिडका कारण काम शुरु गर्न नसकिएको बताएका छन् । तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएसंगै सिंहदरवारमा विभिन्न मन्त्रालय सम्हालेका मन्त्रीलाई बधाई थाप्न भ्याई नभ्याई भएको छ ।

सर्वसाधारण देखी कर्मचारी र पार्टीका कार्यकर्ता बिहानैदेखी साँझसम्म मन्त्रालयमा बधाई दिन आउन थालेपछि मन्त्रीले गर्ने काम समेत प्रभावित भएको छ । मन्त्रीले नियुक्त भएको ५ दिन बितिसक्दा समेत बधाई तथा शुभकामना दिनेको सिंहरदरबारमा लर्को लागेपछि काम गर्नु भन्दा पनि बधाई थाप्न मन्त्रीलाई ठिक्क भएको छ ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले आफुलाई बधाई दिन आउनेलाई नआउन भनेर सञ्चारमाध्यमबाट नै भन्नुपर्ने अवस्था सृजना भएको सीआइएनसंग बताउनुभयो । बिहान मन्त्री पुग्नुअघि र साँझ मन्त्री निस्किनुपछिसम्म पनि भेट्नेहरुको लाइन ढोकादेखि नै कार्यकक्षमा नै देख्न सकिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई ‘आसेपासे’ र ‘नातेदारको घेरामा नपर्न गएको आइतबार मात्रै कडा निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *