इटहरी, जनकपुर र बुटवलबाट श्रम स्वीकृति

काठमाडौं, चैत ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन इटहरी, जकनपुर र बुटवलबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

‘जुन क्षेत्रबाट बढी कामदार विदेश गएका छन्। त्यही क्षेत्रमा श्रम स्वीकृति प्रदान गर्न कार्यालय स्थापना गर्नेछौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्णराज विष्टले भन्नुभयो, ‘पूर्वको इटहरी, दुई नम्बर प्रदेशको बर्दिबास र पश्चिमको बुटवलबाट श्रम स्वीकृति दिने निर्णय गरेको हो ।’

उहाँले यसलाई तुरुन्त कार्यान्वयनमा लैजाने गृहकार्य सुरु भइसकेको बताउनुभयो । ‘विद्यमान कानुनी व्यवस्थाअनुसार फरक नपर्ने गरी सेवा दिन प्रक्रिया मिलाइहाल्न निर्देशन दिइसकेको छु,’उहाँले भन्नुभयो, ‘कुन कुन प्रकारको श्रम स्वीकृति दिन मिल्छ । त्यो दिइहाल्छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *