विम्बकवि श्रेष्ठले ल्याए ‘अग्नि नृत्य’

काठमाडौं, चैत ६ । विम्बकवि तथा प्राज्ञ रमेश श्रेष्ठको कवितासंग्रह ‘अग्नि नृत्य’ सार्वजनिक भएको छ। कवि श्रेष्ठसहित साहित्यकार श्रीओम श्रेष्ठ, तुलसीहरि कोइराला, पत्रकार दीपक सापकोटा, डब्बु क्षेत्री, चाँदनी हमाल, सुनिता साखकर्मी लगायतले संयुक्त रुपमा संग्रहको विमोचन गरे।

संग्रह विमोचनपछि कवि श्रेष्ठले आफू सानो छँदा आगोका रङहरुसँग ज्यादै आकर्षित भएको स्मरण गर्दै बल्ल आगोको नृत्यमाथि कविता संग्रह निकाल्न फुर्सद पाएको बताए। ‘चेतनाले आकार प्राप्ति गरेका दिनहरुदेखि नै म जीवनका प्रत्येक पंक्तिमा अर्थहरु खोज्ने प्रयत्न गर्थें’ कवि श्रेष्ठले भने, ‘त्यही प्रयत्न नै कविताका आकार बने।’

उनका नपोतिएका रङहरु, चराहरुको पहाड, आमा नदीहरु, बुद्ध बिम्ब अक्षर बिम्ब, घाँस उखेलिरहेकी केटी, रोदी रोएको देशमा, चोक र तमसुक, अक्षरको खेत, कविताको उज्यालो, रङहरुको गीत लगायतका कृतिहरु सार्वजनिक भइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *