माइक्रोमा मोटरसाईकल ठोक्किंदा एकको मृत्य

नवलपरासी, चैत ५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्व नवलपरासीको कावासोती नगरपालिका–८ थकाली चोकमा  भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० निवासी २० वर्षीय रामबहादुर आलेको उपचारका लागि भरतपुर लगिने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा२ख ३९२२ नंको माइक्रो र विपरीत दिशाबाट आएको लु३४प ७०८६ नंको मोटरसाइकल आइतबार एकआपसमा ठोक्किदा सो दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार अन्य एक जना घाइते भएका छन् ।

यसैबीच कावासोतीको कालीगण्डकी चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको पूर्व ग४प ६५२१ नंको बाइक र विपरीत दिशाबाट आइरहेको लु३५प ६४२८ नंको पल्सर बाइक एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *