प्रदेश ४ : पृथ्वी सुब्बा गुरुङ आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा

काठमाडौं, चैत ४ ।  प्रदेश नम्बर -४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ ।

गत फागुन ४ गते गठन भएको मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिएतगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए पनि आकांक्षी धेरै भएकाले व्यवस्थापनमा ढिलाइ भएको हो ।

मुख्यमन्त्रीले गुरुङले यसअघि माओवादी केन्द्रका नेता हरिबहादुर चुमानलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, माओवादीकै लेखबहादुर थापामगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र एमालेका रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइसक्नुभएको छ । बाँकी ३ मन्त्री आज थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *