राष्ट्रियसभाको उपाध्यक्ष  चयनका लागि आज मतदान हुँदै

काठमाडौं, चैत ४ ।  राष्ट्रियसभाको उपाध्यक्ष  चयनका लागि आज मतदान हुँदैछ ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले राना उम्मेद्वार हुनुहुन्छ । चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् ।

दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले उहाँ राष्ट्रियसभाको अध्यक्ष निर्वाचित हुने निश्चित जस्तै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *