ब्राइटनलाईले हराउँदै म्यान्चेष्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा

काठमाडौं, चैत ४ । म्यान्चेष्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा पुगेको छ । ब्राइटनलाई २-० ले हराउँदै म्यानचेष्टर युनाइटेड प्रतियोगिताको सेमिफाइनल पुगेको हो । म्यान यू लाई जिताउन रामेलु लुकाकु र निमाञ्जा म्याटिकले गोल गरे । यससँगै लुकाकुले च्याम्पियन्स लिगका ११ खेलमा १२ गोल गरेका छन् । च्याम्यिन्स लिगबाट बाहिरिएको म्यान यू को यो जितले एफ ए कपको उपाधि जित्नसक्ने आशा कायमै राखेको छ ।

खेलको पहिलो हाफमा लुकाकुले निमाञ्जा म्याटिकको क्रस सदुपयाग गर्दै हेडमार्फत गोल गरेका थिए । खेलको अन्त्यतिर एस्ले योङको फ्रिकिक सदुपयोग गरी म्याटिकले विजयी गोल गरेका थिए । गएरातिको खेलको नतिजापछि युनाइटेडले जारी सिजनको एफएक कपमा एक गोल पनि नखाएको कीर्तिमान पनि ११ खेलसम्म कायम राखेको छ । ब्राइटनले दोस्रो हाफमा गोलका धेरै अवसरहरु खेर फालेको थियो । तर, अन्त्यतिर म्याटिकले गोल गरेपछि ब्राइटनको एफए कप यात्रा यस सिजनका लागि सकियो ।

त्यसैगरि स्वान्सी सिटीलाई ३-० ले हराउँदै टोटनह्याम पनि एफ ए कपको सेमिफाइनलमा पुगेको छ । टोटनह्यामको जितमा एरिक्सनले दुई तथा लामेलाले एक गोल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *