यी हुन् सबैभन्दा कान्छी सांसद

काठमाडौं, चैत ४ । प्रतिनिधिसभाकी सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद भएकी छन् ।

नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ ।

संसद सचिवालयको अभिलेखअनुसार संघीय र प्रदेशसभाका सदस्यमध्ये बिशुन्के सबैभन्दा कम उमेरको सांसद बनेकी हुन् ।

उनी दैलेखको नारायण नगरपालिका १ निवासी हुन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *