डान्स रियालिटी शो बूगी वूगी चैत्र १५ बाट

चैत्र ३, काठमाडाैं । नेपाल आइडलको सफलता पछी अर्को अन्तराष्ट्रिय फ़्रेञ्चाईज डान्स रियालिटी शो बूगी वूगी (BOOGIE BOOGIE) अाउँदाे चैत्र १५ गतेबाट एपी १ टेलिभिजनमा प्रिमियर हुने भएको छ । नेपालको पहिलो अन्तराष्ट्रिय फ़्रेञ्चाईज सिंगिङ रियालिटी शो नेपाल अार्इडल पनि एपी १ बाटै प्रशारणमा अाएकाे थियाे ।

सन् १९९६मा भारतका नावेद जाफरी र रवी भेलले सुरु गरेको यो डान्स रियालिटी शो बूगी वूगीको नेपाली संस्करणमा चर्चित अभिनेता एबं कुशल नृत्यकार दिलिप रायमाझी, चर्चित अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेका छन ।

चैत्र गते बिहिबार बेलुकी ८ बजे प्रिमियर गरिने बूगी वूगीको पहिलो एपिसोडमा देशभरबाट छानिएर आएका हजारौ सहभागीबाट उत्कृष्ट सय अनि सयबाट पनि उत्कृष्ट भएका १८ प्रतिस्प्रर्धीहरुले अाफ्नाे नृत्य कला प्रस्तुत गर्नेछन ।

बूगी वूगीलाई यसअघी थुप्रै टेलिभिजन अनि मिडियाहरुमा कार्यक्रम निर्माताका रुपमा काम गरिसकेका एलिन श्रेष्ठले निर्देशन गरेका छन् । बूगी वूगीको नेपाली संस्करणका बिजेताले कार, १५ लाख नगद तथा बिभिन्न कंट्रयाक्ट पुरस्कार प्राप्त बतार्इएकाे छ ।

अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चालन गरेकाे एपी १ मा पछिल्लाे समय फ्रेन्चार्इज शाे हरूले लाेकप्रियता पाउँदै गएका छन् । डान्स रियालिटी शो बूगी वूगीलार्इ अाेप्पाे माेवार्इलले स्पाेन्सर गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *