अन्तिम खेलमा नेदरल्याण्ड्ससँग नेपाल पराजित

चैत्र ३, काठमाडौं । अार्इसीसी विश्वकप क्रिकेट प्रतियाेगिताकाे अन्तिम खेलमा नेपाल पराजित भएकाे छ । अाज भएकाे खेलमा नेपालका ब्याट्स म्यान कमजाेर बन्दा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको हाे ।

प्रतियाेगिताकाे अन्तिम खेलमा पराजित हुनु अघि नै नेपालले एक दिवसिय मान्यता पार्इसकेकाेले अाजकाे खेल प्रतिष्ठाकाे खेल थियाे । तर, अाज पनि नेपालका शुरूवाती ब्याट्स म्यानकाे फितलाे प्रदर्शन रह्याे ।

१९० रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा अल अाउट हुँदै गुमाएर १४४ रन मात्र बनायाे । नेपालका लागि कुनैपनि ब्याट्स म्यानले राम्राे स्काेर गर्न सकेनन् । अाजका ओपनर ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले ११ रन बनाउँदा मल्ल ४ रनमा आउट भएभने, २२ रन जोड्दा अर्का ओपनर अनिल पनि ८ रन बनाउँदै आउट भए ।

तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का मैदानमा अाएपनि अाज उनले खासै रन जाेड्न सकेनन् । नेपालकाे ५१ रन हुँदा पारस ब्यक्तिगत २२ रनमा आउट भए । ६० रन जाेड्दा अर्का खेलाडी आरिफ शेख ५ रनमा आउट भए । अर्का ब्याट्स म्यान रोहितकुमार पौडेलले कुनै रन ल्याउन सकेनन् । दिपेन्द्र सिंह ऐरी २५ रनमा पेभेलियन फर्किए ।

नेपालकाे ७६ रन हुँदा सातौं विकेटका रुपमा शक्ति गौचन आउट भए । त्यसपछि अाएका सोमपाल कामी र करण केसीले ३१ रनको साझेदारी गरे । करण १३ रनमा आउट हुन पुगे । राम्रो पारी खेल्ने प्रयासमा रहेका सोमपाल नवौं विकेटका रुपमा ३६ रन बनाएर पेभेलियन फर्किए ।

यसअघि टस जितेको ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ५० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनायो । नेदरल्याण्ड्सले ८७ रन जोड्दा ५ विकेट गुमाइसकेकाे अवस्थामा मध्यक्रममा अाएका ब्याट्सम्यानले स्काेर बढाए ।

छैटौं विकेटका लागि बास डि लिड र इडवाड्सले ४४ रनको साझेदारी गर्दा इडवार्ड २५ र लिड ३६ रनमा आउट भएका थपए । नवौं विकेटका लागि पिटर सिलर र शेन स्नाटरले ३७ रनको साझेदारी गरे । दुबैले समान २५/२५ रन बनाए ।

प्रतियाेगितामा नेपालका सोमपाल कामीले ४ विकेट लिए भने ललित नारायण राजवंशी र सन्दिप लामिछानेले २/२ विकेट हात पारे । प्रतियोगितामा पहिलो पटक मौका पाएका भेट्रान बलर शक्ति गौचनले १ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *