गजल

 

 

 

 

 

 

देखिहाल्यौ तरकारीको भाउ बढेको
टुक्रिएर विवशताको घाउ बढेको

मंहगीले आकाशविन्दु छोइदिएरै हो
दाजुभाइ परदेशिने बहकाउ बढेको

स्वदेशमा उत्पादन नभइदिने धेरै
नजर गिद्धे छिमेकीलाई दाउ बढेको

विकृति र कुरितिले समाज भिजिदिँदा
हत्यारा दलालीको आउजाउ बढेको

मिलीजुली छैन कतै दिदी बहिनीमै
त्यैसैले त नारी हिंसा ठाउँठाउँ बढेको

दुर्गन्धित फोहोरको थुप्रो चारैतिर
यसै होइन जथाभावी आउँ बढेको”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *