कमल अधिकारीको संगीत र प्रमोद खरेलको अावाजमा ‘पागल बनायो’ बजारमा (भिडियोसहित)

काठमाडौं, चैत ३ । कमल अधिकारीको संगीतमा गायक प्रमोद खरेलको स्वरले सजिएको ‘पागल बनायो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद भण्डारीले रचना गरेको ‘पागल बनायो’ बोलको म्युजिक भिडियोमा ठमेल बजार, सुन साईली जस्ता लोकप्रिय गीतलाई संगीत संयोजन गरेका रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

गायक प्रमोद खरेलले यसअघि गाएका ‘म बिना पोखरामा’, ‘ओई झुमा’, ‘चल बतास चल’ जस्ता गीतहरु अहिले पनि चर्चामा छन् । त्यसैगरी श्रोताको मन छुनेगरी संगीत भर्न खप्पिस संगीतकार अधिकारीले संगीत भरेको ‘पागल बनायो’ बोलको म्युजिक भिडियो पनि श्रोता–दर्शकले मन पराउने आशा गरेको रचनाकार प्रमोद भण्डारीले बताएका छन् ।

रिस्ता बस्नेत र नविनराज रेग्मीले अभिनय गरेको यस गीतमा किरण नेपालीले निर्देशन गरेका छन् भने श्रीकृष्ण परियारको कोरियोग्राफी रहेको छ । दीक्षा इन्टरनेशलन प्रा.लिमार्फत उक्त म्युजिक भिडियो बिहीबारदेखि बजारमा आएको गीतकार भण्डारीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *