गायक विक्रमले त्याएः मादलु (भिडियाे सहित)

चैत्र ३, काठमाडाैं । पूर्वेली गायक विक्रम धमलाले नयाँ सांगितिक काेशेली ‘मादलु’ ल्याएका छन् । लाेक पप प्याट्रनमा अाएकाे ‘मादलुकाे घिनघिन तालैमा’ बाेलकाे गीतमा शब्द अस्मिता नाछिरिङ रार्इकाे रहेछ ।

गीतमा शंकर थापाले संगीत भरेका छन् । भने, एरेन्ज साहस साक्यले गरेका छन् । म्युजिक भिडियाेमा सुमी माेक्तान र तुलसी थापा मगरलार्इ फिचरिङ गरिएकाे छ । भने, उनीहरूलार्इ बाल बलाकार रिया, सामुयल र केविशले साथ दिएका छन् ।

म्युजिक भिडियाेलार्इ बुद्ध थापाले छायांकन गरेका छन् । जसलार्इ विकास धमलाले सम्पादन गरेका छन् । म्युजिक भिडियाेकाे निर्देशन सुरेन्द्र बसेलले गरेका छन् । बुढासुब्बा म्युजिक प्रा.लि.बाट रिलिज गरिएकाे म्युजिक भिडियाेले गायक विक्रमलार्इ नेपाली सांगितिक क्षेत्रमा नयाँ स्वाद पस्कने गायक विक्रमले बताए ।

एक दशकदेखि सांगितिक क्षेत्रमा सकृय रहेका गायक विक्रमले दर्जनाैं गीतमा स्वर दिर्इसकेका छन् । उनले गाएका साँच्चै के हाे माया… मुटु मेराे टुक्राएर… जस्ता  गीतहरूमा दर्शक स्राेताले मनपराएका छन् । उनले ‘अाहत’ नामक एल्बम समेत निकालिसकेका छन् ।
हेर्नुहाेस् भिडियाे…

https://www.youtube.com/watch?v=4RulGJXxbcU”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *