धरानमा २०७५ साललाई युवा पुस्तामाझ झल्काउन कन्सर्ट हुने

धरान, चैत २ । धरानमा हाम्रो नेपाल साङ्गितिक कार्यक्रम २०७५ नामक कन्सर्ट आयोजना हुने भएको छ । बाहिरी मुलुकका प्रभाव सँगै नेपाली पनि हराउँदै गएको भन्दै नयाँ वर्ष २०७५ साललाई युवापुस्ता माझ झल्काउने उदेश्यले सुनसरीको धरानमा नया बर्षको पहिलो दिन साङ्गितिक कन्सर्ट आयोजना हुने भएको हो ।

धरान १० को पुतली लाईनमा आज पत्रकार सम्मेलनको आयोजना गरी सो सागीतीक कन्सर्ट गर्न लागिएको हाम्रो नेपाल समुहले जनाएको हो ।

कन्सर्टमा दार्जलिङको जुधा ब्यान्ड, स्याडोज नेपाल आउट साईडर ब्याण्ड रहने आयोजकले जनाएको छ ।

नेपाली नयाँ वर्ष मान्ने प्रचलन भन्दा अङ्ग्रेजी नयाँ वर्षमा बढी रमाउने प्रचलन रहेकोले त्यसलाई हटाउनका निम्ती पनि यो साङ्गितिक कन्सर्ट गर्न लागेको आयोजक संस्थाका अभिवाबक गगां कालीकोटेले जानकारी दिए ।

कन्सर्टमा रक पप ढाँचामा विशुद्ध नेपाली शब्द रहेको राष्ट्र भावनाले ओतप्रोत गीत संगीतको प्रस्तुती रहनेछ ।

सरस्वती ज्वेलर्सको व्यवस्थापन र बराह ज्वेलरीको समन्वयमा हुने उक्त साङ्गितिक कन्सर्टबाट सङ्कलित रकम छाता चोकमा रहेको असहाय तथा वृद्ध पुनर्स्थापना केन्द्रको सहयोगार्थ उपलब्ध गराउने गायक तथा कार्यक्रमका आयोजक प्रमोद पोर्तेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *