विद्युत् हुकिङबाट १८ लाख जरिवाना असुल

राजविराज, चैत १ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट रु १८ लाखभन्दा बढी असुली गरेको छ ।

विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरुप उक्त रकम असुल गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए ।

विद्युत् पोलमा हुकिङ गरेको र मिटरमा चोरी गरेकोबाट रु १८ लाख १२ हजार २८१ जरिवाना असुल गरेको उनले बताए ।

विद्युत् चोरी गर्ने ३५४ जनामाथि कारवाही गरेर प्रत्येक व्यक्तिबाट रु पाँच हजारका दरले समेत जरिवाना रकम असुल गरेको प्रमुख साहले जानकारी दिए ।

सो अभियानअन्तर्गत हालसम्म जिल्लाका विभिन्न गाउँ, र शहरमा सिधै हुकिङ गरेर प्रयोग गरेका तीन हजारभन्दा बढी व्यक्तिको घरमा हुकिङ हटाइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *