टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

लहान, चैत १ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा टिपरले आज मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको स१क १७१ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको स३प १४५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका–७ फूलबरियाका २४ वर्षीय रामप्रताप यादवको मृत्यु भएको हो ।

यादवको मिर्चैयास्थित मंगलम हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए । गम्भीर घाइते सोही ठाउँका २३ वर्षीय उदयचन्द्र यादवलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *