अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची, चैत १ । अर्घाखाँचीमा डालेघाँस काट्ने क्रममा करेन्ट लागेर खिल्जीमा आज एक जनाको मृत्यु भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर (६ खिल्जी हटिया निवासी ६५ बर्षिय कविराम श्रेष्ठले आफ्नो घर नजिकै बारिको छेउमा रहेको कुटमेराको रूखमा चढेर घाँस काट्ने क्रममा रुख देखि माथि बाट गएको हाइटेन्सन बिजुलीको तारले रुखलाइ छुदा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवलाई पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याएको छ । यस्ता घटना अर्घाखाँचीमा पटक पटक दोहोरिएको भन्दै स्थानियबासीन्दा आक्रोसित भएका छन् । नेपाल विधुत प्राधिकरण कार्यालय अर्घाखाँचीले जिल्ला भित्र रहेका बिजुलीका पुराना पोलहरु ,हाइटेन्सन तारहरु गाँउ टोलमा पुगेका साखा लाइन हरुलाई बेला बेलामा चेकजाँच नगर्दा यस्ता अविश्वासनीय घटना बेला बेलामा घट्ने गरेको स्थानिय वासी बताउन् ।

अर्घाखाँची जिल्लाको नेपाल बिधुत प्राधिकरण कार्यालयले यस्ता प्रकारको घटना हुन् नदिन बेला बेलामा मेनलाईन र साखा लाईनको चेकजाँच गर्न जरूरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *