दुहवीको सौन्दर्य निल्दै ‘अब्यवस्थित हटिया बजार’

सुनसरी, फागुन ३० । दुहवीमा अव्यवस्थित रुपमा रहेको पार्किङ, जथाभावी रुपमा रहेका हटिया, फुटपाथ ब्यवसाय, सडक किनारमा छरपष्ट सामग्री, जथाभावी फालीएका फोहोरले गर्दा दुहवीकोे सौन्दर्य हराउँदै गएको छ । दुहवी नगर पालिकाकै अगाडी यस्तो हुँदा समेत कसैको ध्यान जान सकेको छैन ।

हावाहुरीको मौसममा आगलागिको संभावना हुने भएकोले मंगलवार सडक किनारामा लगाइएका अब्यवस्थित हटिया बजारले अत्यआवश्यक सवारी(दमकल, एम्बुलेन्स) ओहोर दोहर गर्न सक्ने अवस्था छैन । अब्यवस्थित हटिया बजारले गर्दा मंगलवार दुहवी ४ का विद्यालयहरु टिफिन पछि बन्द गर्नुपरेको महेन्द्र माविका संचालक निश्चलराज शाक्यले गुनासो पोखे ।

बजारमा बढ्दो प्लाष्टिकको प्रयोगले वातावरणीय प्रदुषण बढाएको हुँदा चाडै प्लाष्टिक मुक्त दुहवी हुनुपर्ने स्थानिय वुद्धिजिवीहरु वताउँछन । सरसफाईका लागि विभिन्न योजना अघि सारे सँगै दुहवी नगरपालिकाले ढलको समस्या समाधान गर्ने, नाला व्यवस्थापन गर्ने, फोहोर दिनदिनै उठाउने, फुटपाथ व्यवस्थापन गर्ने, सार्वजनिक शौचालयको बन्दोबस्त मिलाउने लगायतका निर्णयमा प्रत्येक वर्ष दुहवी नगरपालिकाले बजेट छुट्याए पनि ठोस काम गर्न नसक्दा दुहवीकोे समस्या दिनदिनै थपिँदै गएको स्थानियको आरोप छ । 

शहरोन्मुख भएर विकास हुँदै गइरहेको दुहवी नगरपालिकालाइ व्यवस्थित गर्न पटक–पटक प्लाष्टिक मुक्त क्षेत्र घोषणा, ‘ग्रीन सिटी–क्लिन सिटी’, ढल व्यवस्थापन, प्रदुषणरहीत, सार्वजनिक शौचालय निर्माण, फोहोरमैला व्यवस्थापन लगायतका दर्जनौं निर्णयमा सामुहिक प्रतिवद्धता जनाइए पनि समस्या भने ज्यूँकात्यूँ छन् दुहवीलाइ ब्यवस्थित गर्ने प्रतिबद्धता धेरैले जनाउँछन् तर व्यवहारमा भने ब्यवस्थित हुन सकेको छैन ।

पछिल्लो समय दुहवी नगरपालिकामा भइरहेको विकास निर्माणका कामहरुमा अनियमितता र गुणस्तरहिन काम भइरहेको भन्दै स्थानियहरु थप आक्रोसित हुँन पुगेका छन दुहवी नगरपालिकामा केहि कर्मचारीहरुले प्रक्रियागत झण्झट देखाएर काममा ढिलासुस्ती गरेको र कमिसनखोरी भइरहेको स्थानीयको आरोप रहेको छ । अब्यवस्थित प्रदुषण फैल्याउने छाला,सिमेन्ट लगायतका उद्योगहरुले समेत दुहवी नगरपालिकाको बासिन्दाको आयु घटाइ रहेको छ ।

दुहवीमा खुल्लारुपमा चलिरहेका विना इजाजत घरेलु पेट्रोल पम्प, रक्सी भट्टी, भारत बाट भन्सार छलेर ल्याएको खाधमल, कखुरा लगायतका घरायसी प्रयोजनका समानहरु खुलेआम साईकल तथा मोटर साइकलमा तस्करी भइरहँदा समेत प्रशासन र स्थानीय सरोकारवालाहरुले ध्यान नदिएको स्थानीयहरुको जनगुनासो बढ्दै गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *