चुम्लिङटारमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

धादिङ, फागुन २९ । सोमबार राती चितवनमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् । धादिङबाट पोखरा जाँदै गरेको बा १२ च ४६१५ नम्बरको कार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु खण्डको चुम्लिङटारस्थित सडक किनारामा राति ३ बजे दुर्घटनामा परेको थियो ।

 दुर्घटनामा कारमा सवार धादिङ थाँक्रेका २४ वर्षीय सरोज सुवेदीको मृत्यु भएको हो । गम्भीर घाइते भएका सुवेदीको भरतपुरमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
दुर्घटनामा कार चालक धादिङ जुंगेखोलाका २४ वर्षीय अनुप सिंह, बेनीघाटका २१ वर्षीय महेश श्रेष्ठ र धुनिबेँसीका २४ वर्षीय शरद रोक्का घाइते छन् । रोक्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तीनै जनाको भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *