सुन व्यवसायीको अपहरण पछि हत्या

काठमाडौं, फागुन २९ । झापाका सुन व्यवसायी साजन मुखियाको अपहरण गरी हत्या भएको छ । एक साताअघिदेखि बेपत्ता व्यवसायी मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको हो ।

उनको शव मेची राजमार्गदेखि ५० फिट तल बोरामा प्याक गरिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मुखियाको अपहरण तथा हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मुखिया ९ दिनअघि बजार पुगेर आउँछु भन्दै घरबाट निस्किएका थिए । त्यसयता उनी बेपत्ता थिए ।

केही दिन अघि मात्रै पनि तस्करीको साढे ३३ केजी सुन गायब भएको घटनासँगै व्यवसायी सनम शाक्यको हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *