बैतडीमा २१९ जनामा एचआइभी संक्रमण 

बैतडी, फागुन २९ । बैतडीमा एचआइभी सङ्क्रमीत को संख्या २१९ रहेको खुल्न आएको छ । ११० पुरुष र महिलाको संख्या १०९ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यलायको तथ्याङ्क अनुसार एचआइभीका कारण जिल्लामा ३५ जनाको मृत्यु भइसकेको छ । एचआइभी संक्रमित कुल २१९ जनामध्ये २०३ जना जिल्ला स्वास्थ्य कार्यलयको सम्पर्कमा आएका छन् भने ति मध्ये १०८ जनाले मात्रै औषधी सेवन गरिरहेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका एआरटी कन्सलर राजेन्द्र चन्दले जानकारी दिनुुभयोे । २१९ जना एचआइभी सङ्क्रमीत मध्ये २८ जना १८ बर्ष मुनिका बालबालिका रहेका जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तथ्याङ्क अनुसार अहिलेसम्म ४ जना बालकको भने मृत्यु भइसकेको छ । विगतमा जिल्लामा रहेका संक्रमितले जिल्ला स्वास्थ्य कार्यालय बैतडीबाटै औषधी सेवन गर्ने भएपनि अहिले छिमेकी जिल्ला दार्चुलाबाट पनि औषधी सेवन गर्ने गरेको डाक्टर चन्दले बताउनुभयो । छिमेकि जिल्लाबाट औषधि सेवन गर्ने १८ जना रहेका छन् ।

धेरैजसो संक्रमितले भने समाजबाट अपहेलीत हुने डरले सेवा लिन नमानेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गुणराज अवस्थीले बताउनुभयो । एचआइभी संक्रमितलाई समाजले हेर्ने नजरमा परिर्वतन हुन नसकेको उहाँको भनाइ छ । समाजमा अपेहेलित हुने डरले रोग लुकाउने प्रवृत्ति बढेको र रोग लुकाउने प्रवृत्तिका कारण एचआईभीको संक्रमण झन बढ्ने खतरा रहेको डा. चन्दले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *