हङकङलार्इ हराउँदा नेपालकाे एकदिवसिय मान्यता पाउने संभावना जिवित

फागुन २८, काठमाडाैं । अार्इसीसी विश्व क्रिकेट छनाैट प्रतियाेगितामा हङकङलार्इ हराउँदा नेपालले एकदिवसिय मान्यता पाउने सम्भावना बढेको छ। समूह ‘बि’ मा लगातार ३ खेल हारेकाे नेपालले आज सोमबार हङकङलाई पाँच विकेटले पराजित गरेपछि एकदिवसिय मान्यता पाउने सम्भावना जिवित बनेको हो।

नेपाल समूहमा हङकङ भन्दा एक स्थान माथि छ । नेपाल समुहमा चौथो भएको छ। हङकङ पाँचौ स्थानमा रहेको छ। नेपालले अाजकाे खेलपछि रनरेटका आधारमा हङकङलाई एक स्थान तल पार्न सफल भएकाे हाे ।

आजको खेलमा हङकङले दिएको १ सय ५४ रनलाई नेपालले ४०.४ ओभरमा भेट्यायाे । त्यसका लागि नेपालले मात्र पाँच वीकेट गुमाउनु पर्याे । बलिङमा राम्रो देखिएको नेपालकाे शुरूवाती ब्याटिङ सुस्त रह्याे ।

छिटो छिटो पतन भएको विकेटले दबाबमा परेको नेपालको जीतका लागि रोहित कुमार पौडेल र सोमपाल कामीको याेगदान रह्याे । यी दुर्इले ८९ रनको साझेदारी गर्दा जितको आधार तय भएकाे थियाे । रोहितले नटआउट ४८ रन बनाउँदा भने सोमपालले नटआउट ३७ रन जोडेका थिए। रोहितले ८६ बलमा ६ चौका सोमपालले ४० बलमा ४ चौका प्रहार गरेका थिए।

पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका अनिल कुमार साह २६ रन बनाउँदै आउट भएका थिए। उनले ३६ बलमा ५ चौका प्रहार गरेका थिए। ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ३१ मा १२ रन बनाउँदै पेभिलियन फर्किएका थिए । शाह र मल्ल एजाज खानबाट आउट हुन पुगेका थिए। कप्तान पारस खड्का पनि ब्याटिङमा चम्कन सकेनन, उनले निराशाजनक ब्याटिङ गरे। उनी ११ रनमै आउट हुन पुगे भने आरिफ शेख पनि २ रनमा एलबिडब्लु भए। दीपेन्द्रसिंह ऐरी पनि १२ रनमै बाहिरिए।

आजको खेलमा मैदानमा टस जितेर हङकङले ब्याटिङ रोजेको थियो। ४८.२ ओभरमा आफ्ना सबै वीकेट गुमाउँदै हङकङले नेपाललाई १ सय ५४ रनको लक्ष्य दिएकाे थियाे ।

बलिङमा स्टार बलर सन्दिप लामिछानेले ३ विकेट र वसन्त रेग्मी तथा करण केसीले २-२ विकेट लिँदा नेपालकाे लागि जितकाे अाधार तय भयाे । खेलमा सोमपाल कामी र ललित राजवंशीले पनि एक-एक विकेट लिए । सन्दीपले हङकङका अंशुमान राथ, शाहिद वासिप आइजाज खानलाई पेभेलियन फर्काएर उनीहरूलार्इ सस्तैमा समेटे ।

हङकङका सुरूवाती ब्याट्सम्यान क्रिस्टोफर कार्टर ९ रनको स्कोरमा बसन्तको बलमा बोल्ड भएका थिए। हङकङका कप्तान बाबर हयात तीव्र रन बनाउने होडमा सोमपाल कामीबाट कट एन्ड बोल्ड हुन पुगे। उनले १ छक्का र ३ चौकाको मदतमा २० रन जोडेका थिए । उनले अर्का सुरूवाती ब्याट्सम्यान खानसँग मिलेर २९ रनको साझेदारी गरे । हङकङले अरू ५ रन जोड्दा आफ्नाे २ विकेट गुमायाे । ब्याट्सम्यानद्वय अन्सुमन राठ र साहिद वासिफ समान १-१ रनमा आउट भएपछि हङकङ दबाबमा पर्‍यो। सन्दीप लामिछानेले राथलाई विकेटकिपर अनिलकुमार शाहको हातबाट स्टम्पिङ गराए। भने, वासिफलाई एलबिडब्लुमा आउट गराएका थिए।

सिमान्दिप सिंहलाई नेपाली बलर ज्ञानेन्द्रले ३ रन मात्र जोड्न दिए। उनी रनआउट भए। छैटौँ विकेटका रुपमा हङकङले आफ्नो सुरूवाती ब्याट्सम्यान निजाकत खानलाई गुमाएको थियो। उनले ४७ रन जोडे। खानलाई ललित राजवंशीको बलिङमा नेपाली कप्तान पारस खड्काबाट क्याच आउट भएका थिए। आजको खेलमा नेपालका रोहित कुमार म्यान अफ द म्याच घोषित भएका छन्।

हङकङमाथिको जितसँगै नेपाल समूह बीको चौथो स्थानमा उक्लिएको छ र अब प्ले अफमा पपुवा न्यूगिनीसँग खेल्ने भएको छ । यो खेल बिहीबार हुनेछ ।

हङकङले समूह एको चौथो स्थानमा रहेको नेदरल्याण्ड्ससँग खेल्नेछ । विश्वकप छनोट खेलेका पाँच एशोसिएट देशमध्ये शीर्ष तीनले ओडीआई स्टाटस पाउनेछ भने दुई टिम डिभिजन टूमा घटुवा हुनेछ ।

स्कटल्याण्ड र यूएईले सुपर सिक्समा मात्र स्थान बनाएको छ । यससँगै दुबै टिमले ओडीआई स्टाटस पाउने पक्का भएको छ । अब ओडीआई स्टाटसका लागि एक सिट बाँकी छ । यदि सोमबार नेपाललाई हराएको भए हङकङ सुपर सिक्समा पुग्थ्यो र तीन टोली शीर्ष एसोसिएट देशले पाउने ओडीआई स्टाटस उसले पनि पाउने थियो । यस्तो अवस्थामा पपुवा न्यूगिनी र नेपाल प्ले अफ अघि नै डिभिजन टूमा घटुवा हुने थिए ।

तर, अब एउटा सम्भावना अझै छ । नेपालसँगै पपुवा न्यूगिनी र हङकङ मध्ये एक देशले ओडीआई स्टाटस पाउनेछ । यसका लागि प्ले अफमा राम्रो खेल्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *