क्रिकेटर मोहम्मद शमीलाई घरेलु हिंसाको आरोप, १० वर्ष जेल हुन सक्ने

कोलकाता । भारतीय क्रिकेट टिमका मोहम्मद शमीलाई कोलकाता प्रहरीले घरेलू हिंसाको मामिला दर्ता गरेको छ ।

शशीकी पत्नी हसीन जहाँले शशीलाई अन्य महिलाहरुसँग अनैतिक सम्बन्ध राखेको र घरेलू हिंसाको आरोप लगाएकी थिइन् । सोही आरोप अनुरुप कोलकोता प्रहरीले शशीलाई घरेलु हिंसाको मामिला दर्ता गरेको हो ।

प्रहरीका अनुसार २७ वर्षीय खेलाडीमाथि हत्याको षडयन्त्र र धम्की जस्ता कानूनी धाराहरु अनुसार पनि मामिला दर्ता गरिएको छ । बीसीसीआईले पनि आठ मार्चमा जारी गरेको राष्ट्रिय टीममा अनुबन्धित खेलाडीहरुको सूचीमा मोहम्मद शमीलाई समावेश गरिएको छैन । शमीले भने आफ्नो पत्नीहरुको आरोपको खण्डन गरेका छन् ।

शमीविरुद्ध जुन धाराहरु प्रयोग गरेर उजुरी दर्ता भएको छ, ती साबित भए उनलाई १० वर्ष वा सोभन्दा बढी जेल सजाय हुन सक्नेछ ।

हसीन जहाँले गत हप्ता पति शमीमाथि अन्य महिलाहरुसँग अनैतिक सम्बन्ध राखेको र घरेलू हिंसाको आरोप लगाएकी थिइन् भने मंगलबार हसीनले आफ्नो फेसबुकमा शमीले विवाहको चार वर्षका दौरान अन्य महिलाहरुसँग गरेको संवादको प्रमाण पनि राखेकी थिइन् ।

उनको आरोप थियो कि शमीका कयौँ प्रेम सम्बन्धहरु रहेका छन् र उनी शरीरिक र मानसिक रुपमा शोषण गर्दै आएका छन् । हसीनले शमीका दाईमाथि बलात्कारको आरोप पनि दर्ता गरेकी छिन् ।

शमीले भने हसीनको आरोपहरुलाई खारेज गर्दै यो ठूलो षडयन्त्रको हिस्सा भएको र आफूलाई बदनाम गर्ने प्रपञ्च भएको बताएका थिए । उनले ट्वीट गर्दै भनेका थिए, ‘मेरो निजी जीवनबारे जे पनि भनिएको छ त्यो सबै झुठो हो ।’

साथै बीसीसीआईको निगरानी समितिले शमीमाथि लगाएको आरोपले उनीहरुलाई अप्ठ्यारो स्थितिमा पुर्याएको बताएका छन् ।

समितिका अध्यक्ष विनोद रायले क्रिकेट वेभसाइट इएसपीएन क्रिकइन्फोसँग भने, ‘कसैले यसलाई व्यक्तिगत मुद्दा र अनुबन्ध व्यवसायिक मुद्दा भन्लान् । फेरि कसैले यस्तो घृणित आरोप लागेकालाई पुरस्कृत किन गरेको भनेर पनि प्रश्न गर्लान् । हामी निकै अप्ठ्यारो स्थितिमा छौँ ।’

एजेन्सी”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *