दुर्घटना अपडेट– ३६ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं, फागुन २८ । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा भएको युसएस बंगला एयरको विमान दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ ।

२८ जनाको शव दुर्घटनाग्रस्त विमानबाट निकालिएको हो भने अस्पताल पुर्याइएका मध्ये ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि विभिन्न अस्पतालमा लगिएको छ । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको र विमानबाट उद्धार गरी लगिएका मध्ये केहीको अस्पताल मै मृत्यु भएको छ ।

केएमसी अस्पताल सिनामंगल लगिएका मध्ये ६ जनालाई मृत घोषणा गरिएको छ । मृतकमध्ये ३ जनाको पहिचान खुलेको छ । पहिचान खुलेका मध्ये सजना देवकोटा, प्रबिण चित्रकार र हरिशंकर पौडेल रहेको अस्पतालमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै एक विदेशी रोकिबुल हसन मृतक रहेका छन् ।

 

यसैबिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले पत्रकार सम्मेलन गरी विमानमा ३३ जना नेपाली रहेका जानकारी दिएको छ । विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य मध्ये ३३ जना नेपाली बाहेक अरु विभिन्न देशका नागरिक रहेका र उनीहरुको पहिचान खुल्न बाँकी रहेको बताए ।

उपचार गर्न अस्पताल पुर्याईएका मध्ये २ जना सामान्य अवस्थाका घाईते उपचारपछि आफ्नो गन्तब्यतर्फ लागेको पनि क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार पाइलटले कन्ट्रोलरको सुझाव विपरित गलत दिशातर्फ अवतरण गर्न खोज्दा विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *