एकाएकको डोटी बन्दबाट सयौं यात्रु प्रभावित

डोटी, फागुन २८ । लामो समय देखि प्रदेश राजधानी माग्दै बन्द र चक्काजाम हुँदै आएको डोटी जिल्ला सोमबार फेरी एकाएक बन्द भएपछि डोटी भएर विभिन्न स्थानमा जाने यात्रुहरु अलपत्र परेका छन् । तर, आजको बन्द प्रदेश राजधानीका लागि नभई दुर्घटनामा मृत्यु भएका एक बालकका परिवारलाई क्षतिपुर्ति माग गर्दै बन्द गरिएको हो ।
एक बालकलाई ट्रयाक्टरले ठक्कर दिँदा घटनास्थलमा नै बालकको ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै बालकका आफन्तले बिहानै देखि डोटी बन्द गराए ।

शिखर नगरपालिका–१, खाती गाउँका ३ वर्षीय विश्वास खातीलाई आइतबार राजपुर बजारमा ट्रयाक्टरले ठक्कर दिँदा उनको घटना स्थलमै ज्यान गएको थियो । ठक्कर दिने ट्रयाक्टर मालिकसँग १२ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले डोटीमा चक्का जाम गरेका हुन् ।

चक्का जामका कारण तराईबाट अछाम, बाजुराका लागि आएका दजनौं सवारी साधनहरु अहिले डोटीको कुल्पातेमा जाममा परेका छन् । उक्त गाडीमा भएका सयौं यात्रुहरु बिच बाटोमै अल्पत्रमा परेका छन् ।

मृतकका आफन्तसँग बाटो खोल्ने विषयमा वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकका आफन्तले कुलपातेमा ढुंगा, मुडा तेस्र्यायर बाटो अवरोध गरेका छन् । से २ त ९०८ नम्बरको ट्रयाक्टरले ठक्कर दिदा बालकको ज्यान गएको थियो”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *