थाकेर आउछु र घुप्लुक्क सुत्छु आमा तिम्रै काख हो कि भनि

शुभायु सुवेदी

काठमाडौं, असार २७ । हिड्दा हिड्दै आफ्नै हातहरु डोर्याउछु आमा तीमीले डो¥याउदैछौ भनि !
जब ठेस लाग्छ तब आफ्नै हातहरु मात्रै थाकेर आउछु र घुप्लुक्क सुत्छु आमा तिम्रै काख हो कि भनि !!

जब ब्युझन्छु तब रित्तो पलङग मात्रै निदरिमै कपाल सुम्सुम्याउदै हुन्छु आमा तिमीले माया गर्दैछौ भनि !

जब आखा खुल्छन् तब एक्लो गनथन मात्रै दौडिएर अंगालो मार्न आउछु आमा तिमीसंग खुशी साट्न भनि !!

जब हातहरु छुट्टिन्छन् तब रित्तो सिरानी मात्रै !”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *