भरौल गोल्डकपको दोस्रो दिनको खेलमा रेडहर्ष विजयी

धरान, फागुन २८ । सुनसरीको बराहक्षेत्र नगरपालिकामा जारी तेसो्र अन्तर्राष्ट्रिय बराह गोल्डकप फुटवल प्रतियोगितामा रेडहर्ष क्लव इलाम विजयी भएको छ ।

७० मिनेटको प्रतिस्पर्धात्मक खेलमा दुवैतर्फबाट बराबरी १/१ गोल भएपछि खेल ट्राइव्रेकरमा टुंगिएको थियो । ट्राइव्रेकरको क्रममा रेडहर्ष क्लव इलाम ५ र आयोजक न्युस्टार क्लब ४ गोल गर्दै १ गोल अन्तरले विजयी भएको हो ।

खेलको म्यान अफ दी म्याच रेड हर्षका सुर्य अधिकारी घोषित हुँदै नगद ५ हजार समेत पाएका छन् । अधिकारीलाई बराहक्षेत्र विकास समितिका अध्यक्ष अर्जुन भट्टराईले पुरस्कार प्रदान गरे ।

खेलको विजेताले २ लाख, र दोस्रो हुनेलाई नगद १ लाख तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोल कर्तालाई १० हजार, म्यान अफ दी म्याच प्रत्येक खेलकोलाई ५ हजार, तथ राइजिङ्ग प्लेयरलाई नगद ५ हजारले पुरस्कृत गरिने आयोजक न्यू स्टार क्लवका अध्यक्ष भेषराज कार्कीले जानकारी दिइएको छ ।

आजको खेल चर्ज ब्याईज र मोरङ युनाईटेड क्लब मोरङबीच खेल हुने आयोजकले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *