रेल सेवा अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै

काठमाडौं, फागुन २८ । राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर अन्तर्क्रिया गर्नेछन् ।

भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ । उक्त रेल स्टेसनले भारतमा अंग्रेज शासनको पालादेखि नेपाल–भारत जोडेको छ । त्यहाँबाट सीमावर्ती नेपाली गाउँ पिप्रहवा हुँदै राँझासम्म सर्भे गर्ने कार्यक्रम छ ।

अध्ययन टोलीले यसअघि नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा हुँदै सिधै राँझासम्म रेल सेवा विस्तारको प्रस्ताव गरेको थियो । ‘रेलका लागि लिक निर्माण आवश्यक पर्छ । त्यसैले बस्तीबाहेकको क्षेत्र रोजिएको छ,’ रेल सेवा विस्तार फाइनल लोकेसन सर्भे टोलीका सदस्य गणेशबहादुर शाहीले भने । कान्तिपुर दैनिकमा खबर छ ।

यो पनि-

चरम यातना दिएर बाबु-आमाले गरे छोरीको हत्या !

कान्तिपुर दैनिकले चरम यातना दिएर छोरीको हत्या गरेको आशंकामा धनुषा प्रहरीले जनकपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको समाचार पनि छापेको छ।

आफ्नी १९ वर्षीया छोरीको हत्या गरी भारत लगेर अन्त्येष्टि गरेको आशंकामा प्रहरीले धनुषा सहिदनगर-६ का ४० वर्षीय दिलिपकुमार यादवलाई पक्राउ गरेको हो।आमा भने फरार छिन्।

काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया स्नेहा कुमारी यादवलाई उनकै बाबुआमाले चरम यातना दिएर मारेको आंशका गरेको हो।

‘छोरीलाई सम्झाउने क्रममा फागुन ८ गते साँझ ठूलो-ठूलो स्वरमा उनीहरूबीच झगडा भयो’, घटनाको अनुसन्धान गरिरहेका धनुषा प्रहरीका एक अधिकृतले भनेका छन्, ‘त्यही साँझ नै आमाबाबुको चरम यातनाले स्नेहाको मृत्यु भएको आशंका छ ।’”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *