नुवाकोटमा बस दुर्घटना, १२ जना घाइते

नुवाकोट, फागुन २७ । नुवाकोटको त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस आज दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा१ख ६५१९ नंको लोकल बस विदुर नपा–५ पीपलटारस्थित चन्द्रज्योति मावि अगाडि दिउँसो २ः३० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको विदुरस्थित नुवाकोट सिटी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर एकजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । बे्रक बिग्रिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *