मृतावस्थामा फेला परिन् महिला, श्रीमान् फरार

मोरङ, फागुन २७ । मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी छन् ।

गएराति श्रीमानसँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए ।

मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शंकास्पद रहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । घटनापछि मृतक राईका श्रीमान् ३७ वर्षीय कुमार राई फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *