प्रदेश पाँचका मुख्यमन्त्रीलाई विश्वासको मत

काठमाडौं, फागुन २७ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन् ।

उनको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ । प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए । एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री पोखरेलले चिनीयाँ रेल लुम्बिनी ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्ने बताए ।

पहाडका ६ र तराईका ६ जिल्ला गरी १२ जिल्ला रहेको प्रदेश ५ मा धेरै किसिमको बिबिधता रहेको भन्दै उनले सबै जिल्लाहरुको मानव बिकास सूचकांक बराबरस्थितिमा पुर्‍याउने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *