पृथ्वीको सबै मान्छे एकै ठाउँमा जम्मा भएर एकै चोटी उफ्रियो भने के होला ?

“पृथ्वीमा लगभग ७ अर्ब मानिस छौं जुन सङ्ख्यालाई अंकमा प्रस्तुत गर्दा (७ ००० ००० ००० जना) हुन आउछ । यतिका धेरै मान्छे संसारका विभिन्न कुनामा छरिएर बसेका छौं । र यदि आ–आफ्नै ठाउँमा बसेर उफ़्रियौ भने त खासै फरक पर्दैन तर, यदि एकै ठाउँमा भेला भएर उफ़्रियौ भने चाहीं पक्कै नसोचेको घटना घट्छ ।

पहिलो कुरा त सबै मान्छे एकै ठाउँ भेला हुने बित्तिकै खानेकुराको अभाब हुनेछ । किनकि ७ अर्ब मान्छे एकै ठाउँमा अटाउन काठमाडौँ जस्तो २६ वटा फराकिलो ठाउँ (हरेक मान्छे एक अर्काको नजिक उभिएर बसेको खण्डमा) चाहिन्छ जुन कुरा कल्पना गर्दा पनि जिउ सिरिंग हुन्छ । खाने कुराको समस्य त एक ठाउँमा छ तर अहिले चर्चा गर्न लागेको बिषय हो सबै जना एकै चोटी उफ्रियो भने के होला भन्ने ।

७ अर्ब मान्छे एकै समयमा एक फिट उफ्रिने बित्तिकै पृथ्वीको सतहमा भयङ्कर शक्ति पैदा हुने छ जसले नसोचेको नतिजा ल्याउने छ ।
उफ्रिदा मान्छेको खुट्टाले २०० डेसिबलको आवाज उत्पन्न गर्नेछ जुन साधारण मनिसको कानले थेग्न सक्दैन । (जानकारीको लागि स् एउटा जेट प्लेनले मात्र १४० डेसिबल सम्मको आवाज उत्पन्न गर्छ जसले कानलाई सजिलै बिगार्छ। मानिस ले साधारणतय ६० डेसिबल बराबरको आवाजमा कुराकानी गरिन्छ । १३० डेसिबलले मानिसको कानलाई सजिलै बिगार्न सक्छ )

२०० डेसिबलको आवाजले लगभग सबै मान्छेको मृत्यु हुनेछ । यदि भगवानको कृपाले एक्लै बाँच्न सफल हुनु भयो भने पनि केहि सुन्न सक्ने स्थिति भने हुने छैन । बहिरो सम्म त ठिकै थियो बाँच्नलाई तर उफ्रिएर पृथ्वीमा परेको शक्तिले बाँच्ने आशा टुटाई दिनेछ किनकि धर्तीमा परेको थर्काईले ३० मिटर सम्मको सुनामी ल्याउने छ भने पहाड चर्किएर पहिरो झर्नेछ यति मात्र कहाँ हो र ४ देखि ८ रेक्टर स्केल सम्मको भूकम्प आउनेछ ।
८ रेक्टरको भूकम्पले गर्दा ठुला ठुला भवन,पुल, रोड तथा अन्य भौतिक संरचना पूर्ण रुपमा ध्वस्त हुनेछ ।

अर्को रोचक कुरा त के छ भने डट फिजिक्सले गरेको हिसाबलाई आधार मान्ने हो भने ७ अर्ब मान्छे ३० सेन्टिमिटर उफ्रिदा पृथ्वीलाई समेत थोरै मात्रमा (एकदमै थो‘‘‘‘‘‘।।रै ) आफ्नो कक्षभन्दा पर धकेल्ने छ ।

यदि चिनमा बस्ने सबै मान्छे एकै पटक कुर्सिबाट उफ्रियो भने ९५०० टन टि.एन.टि. बराबरको शक्ति पैदा गर्छ तर पृथ्वी लाई केहि पनि असर गर्ने छैन ।
७ अर्ब मान्छे एकै पटक उफ्रिदा समेत पृथ्वीलाई कुनै पनि असर गर्ने छैन ।

बिबिसीले ५०००० मान्छेलाई एकै ठाउँमा जम्मा पारेर उफारेको थियो जसको नतिजा करिब साढे एक किलोमिटर सम्म महसुस हुने गरि करिब ०.६ रेक्टर स्केलको भूकम्प पैदा गरेको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *