ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

लहान, फागुन २७ । पूर्वपशिचम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा बिग्रेर रोकिराखेको ना३ख ५१४५ नंको ट्रकमा स३प ४८५० नंको मोटरसाइकल आज बिहान ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृतक चालक लहान नगरपालिका–१७ गोविन्दपुर निवासी ३६ वर्षीय मोसादिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मोसादिरकोे लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *