‘स्वतन्त्र निर्वाचनबारे शंका व्यक्त गर्दै निर्वाचन बहिस्कार गर्ने चेतावनी’

म्यड्रिड, फागुन २७ । भेनेजुयलाको राष्ट्रपतिको निर्वाचनमा प्रमुख प्रतिपक्षी हेन्री फाल्कनले सत्तासिन राष्ट्रपति निकोलास माडुराले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि ल्याउन आफुले गरेको मागलाई अस्वीकार गरेमा निर्वाचनको दौडबाट नै बाहिरिने बताएका छन् ।

शनिबार प्रकाशित एक अन्तर्वार्तामा ५६ बर्षीय प्रतिपक्षी नेता फाल्कनले भने, निर्वाचनलाई स्वतन्त्र र स्वच्छ वनाउन अन्तर्राट्रिय पर्यवेक्षक संस्थाले अनुगमन गर्नुपर्ने उनकाे माग छ ।

दोस्रो छ बर्षको कार्यकालका लागि पुन प्रतिस्पर्धा गर्ने जनाएका माडुरोले निर्वाचन आफ्नो पकडमा पार्न विभिन्न हतकण्डा अपनाउन सक्ने विश्वासमा प्रतिपक्षी गठबन्धन वर्तमान् राष्ट्रपति र प्रशासनप्रति सशङ्कित देखिएको छ ।

स्पेनी पत्रिका एल पाइससँगको कुराकानीमा उनले भने, “हामी चाहन्छौँ कि आगामी मे २० मा हुने निर्वाचन सन् २०१५ को मतदानभन्दा पारदर्शी हुनुपर्छ अन्यथा हाम्रो गठबन्धन यो दौडबाट बाहिरिने छ ।”

यस सन्दर्भमा मैले छिट्टै संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुथ्रेससँग कुराकानी गर्नेछु र भेनेजुयलाको निर्वाचनलाई स्वच्छ तथा स्वतन्त्र बनाउन बिशेष भूमिका निभाउन आग्रह गर्नेछु, फाल्कनले भने ।

गत फेब्रुवरीमा यो गठबन्धनले निर्वाचन स्वच्छ प्रतिस्पर्धात्मक बनाइनेमा शंका व्यक्त गर्दै निर्वाचनमा सहभागिता नजनाउने बताएको थियो ।

प्रतिपक्षले निर्वाचनलाई सन् २०१८ को दोस्रो खण्डमा गरिनुपर्ने, सन्तुलित राष्ट्रिय निर्वाचन आयोगको नेतृत्वमा हुनुपर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकद्वारा अनुगमन गरिनुपर्ने लगायतका माग अघि सार्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *