मेस्सी मलागा र बार्सिलोनाबीचको खेलमा उपस्थित हुन सकेनन् , कारण यस्ताे छ

काठमाडौं, फागुन २७ । तेस्रो सन्तान जन्मिएपछि मेस्सी मलागा र बार्सिलोनाबीचको खेलमा उपस्थित हुन सकेनन् । तर पनि स्पेनीस ला लिगा लिग लिडर बार्सिलोनाले आफ्नो जितको यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा बार्सिलोनाले मालागालाई दुई शून्यले पराजित गर्यो । जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दूरी ११ अंकमा कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको मालागा विरुद्ध बार्सिलोनाको जितमा लुइस स्वारेज र फिलिप कोउन्टिन्होले १–१ गोल गरे ।

तर, उनको अनुपस्थितीमा पनि बार्सिलोनाले पुछारको क्लब मालागा विरुद्ध खेलको १५ औं मिनेटमा अग्रता बनायो । जोर्डी अलावाको पासमा लुइस स्वारेजले हेड मार्फत गोल गरे ।

त्यसपछि २८ आैं मिनेटमा लिभरपुलबाट यसै सिजन बार्सिलोनामा आवद्ध भएका कोउन्टिन्हाले दोस्रो गोल गरे । दुई खेलले पछि परेको मालागा ३० औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो ।

उसका खेलाडी सोझै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि बार्सिलोनाले त्यसको फाइदा भने उठाउन सकेन । तर, पनि बार्सिलोनाले दुई शून्यको सहज जित निकाल्यो । जितपछि बार्सिलोनाको २८ खेलबाट ७२ अंक छ भने एथ्लेटिको मड्रिडको ६१ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *