बैंक अफ काठमाडौँको घरदैलो

नारायणगढ । बैंक अफ काठमाडौँले बैंकिङ सेवाबारे बुझाउन घरदैलो कार्यक्रम गरेको छ । चितवनमा रहेका ३ वटा शाखाका कर्मचारीहरुले नारायणगढ बजार, लंकूमा घरदैलो गरेका थिए ।

‘बचत गर्ने बानी बसालौँ’ भन्ने नारासहित आयोजित घरदैलो कार्यक्रममा महिला, ज्येष्ठ नागरिक, व्यापारी, बालबच्चा तथा सर्वसाधारणलाई विभिन्न किसिमका बचत योजनाको बारेमा जानकारी गराइएको थियो ।

यस बैंकको देशभर ७९ वटा शाखा, ८ वटा काउन्टर, १७ वटा शाखा सहित बैंकिङ सेवा र ६७ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *