गलत घुँडाकाे शल्यक्रिया गर्ने नर्भिकका २ डाक्टर निलम्बित

फागुन २७, काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालका दुई डाक्टरलाई कारबाही गरेको छ ।
काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनका क्रममा देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेको फेला पारेपछि डा. प्रवीण नेपाल र डा. शैलज रञ्जितकारलाई एक महिनाका लागि निलम्बन गरेको हो ।

काउन्सिलको यो निर्णयपछि दुबै डाक्टरले एक महिनासम्म चिकित्सकीय अभ्यास गर्न पाउने छैनन् । चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा भुलवश दाहिने घुँडाको शल्यक्रिया गरिएको भन्दै शल्यक्रियामा संलग्न डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारले परिवारसँग गल्ती स्वीकार गरिसकेका छन् ।

 

लिगामेन्ट च्यापियर उपचार गर्न अस्पताल पुगेकी पौडेलको एमआरआइ हेरेपछि अस्पतालले अपरेसन गर्नुपर्ने बताएको थियो। अपरेसन थिएटरमा बिरामी चिच्याउदासमेत डाक्टरले अाफन्तलार्इ खबर गरेका थिएनन् । उनलाई अपरेसन कक्षामा चार घन्टा राखेका थिए।

डाक्टरले लापरवाही गरेपछि बिरामीसँग ४ बुँदे सहमति गरेको छ। सहमति पत्रमा भविष्यमा आउने दुइटै गोडाको समस्या र नसाको उपचार निशुल्क गर्ने मन्जुर गरेको छ। त्यस्तै नर्भिकमा उपचार सम्भव नभए अन्य अस्पतालमा तथा विदेशमा लगेर समेत उपचार गराउन अस्पताल मन्जुर भएको थियाे ।

हेर्नुहाेस्, विरामीका अाफन्तसँग भएकाे सहमती

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *