आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा पारसकाे अर्धसतक

फागुन २७, काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको अफगानिस्तानविरूद्ध नेपाली कप्तान पारस खड्काले ५० रन पुरा गरेका छन्। जिम्बाम्बेमा जारी प्रतियाेगितामा टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि तेस्रो नम्बरमा आएका खड्काले बलमा ५० रन पुरा गरेका हुन्।

नेपालले सुरुवातमै विकेट गुमाए पनि पारस खड्का र ज्ञानेन्द्र मल्लले सम्हालिएर ब्याटिङ गरिरहेका छन्। खड्काले ५६ बलमा १ छक्का र ७ चौका सहित अर्धसतक पुरा गरेका हुन्।

खड्काको लिस्ट एमा यो आठौं अर्धसतक हो। खड्कासँग ६९ रनको साझेदारी गरिरहेका ज्ञानेन्द्र मल्लले १८ रन बनाएर खेलिरहेका छन्।

यसअघि ओपनर अनिल साह १३ बल खेल्दै १ चौकासहित ७ रनमा आउट भएका थिए।

आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ। अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ। भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ।

प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।

आज टोलीका सिनियर ब्याट्सम्यान शरद भेषावकर घाइते भएका कारण टोलीमा छैनन् । उनलाई ह्यामस्ट्रिङमा समस्या देखिएको छ । त्यस्तै ओपनर दिलिप नाथ पनि सुरुवाती ११ मा छैनन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *