सप्तरी: जुत्ता पसलमा आगलागी ६० लाखको क्षति

राजविराज, फाग्न २६ । सप्तरीको राजविराजस्थित हटियामा आज बिहान एउटा जुत्ता पसलमा आगलागी हुँदा करिब रु ६० लाख बराबरको क्षति भएको छ ।

स्थानीय नौसाद खातुनले बिक्रीका लागि राखिएको जुत्ता, चप्पल पसलमा आगलागी हँुदा सो मूल्य बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राति पसल बन्द गरेर गएका खातुन बिहान आउदा आगो लागेको अवस्थामा देखेपछि छरछिमेकलाई बोलाएर आगो निभाएको पीडितलाई उद्धित गर्दै प्रहरीले जनाएको छ ।

आगलागीका कारण भने हालसम्म खुलेको छैन । नौसादले विगत २५ वर्षदेखि राजविराजको हटियामा जुत्ता पसल सञ्चालन गर्दैभएको बताइएको छ ।
आगोलाई नियन्त्रण गर्न सुनसरीको इनरुवा र लहानबाट आएको बारुणयन्त्रणले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *